नियम २७
बढुवा समिति
(१) प्रहरी सेवाको देहायको पदमा बढुवाका लागि सिफारिस गर्न देहाय बमोजिमका बढुवा समितिहरु रहनेछन्ः–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि :
(१) सचिव, मन्त्रालय – अध्यक्ष
(२) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(३) प्रहरी महानिरीक्षक – सदस्य–सचिव
(ख) प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षक पदका लागि :–
(१) सचिव, मन्त्रालय – अध्यक्ष
(२) प्रहरी महानिरीक्षक – सदस्य
(३) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक –सदस्य–सचिव
(ग) प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदका लागि :
(१) प्रहरी महानिरीक्षक – अध्यक्ष
(२) सहसचिव, मन्त्रालय – सदस्य
(३) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक –सदस्य–सचिव
(घ) प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक पदका लागि :
(१) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक – अध्यक्ष
(२) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – सदस्य
(३) प्रहरी नायव उपरीक्षक – सदस्य–सचिव
(ङ) प्रहरी सहायक निरीक्षक पदका लागि :
(१) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – अध्यक्ष
(२) प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक – सदस्य
(३) प्रहरी नायव उपरीक्षक – सदस्य—सचिव
(च) प्रहरी वरिष्ठ हवल्दार, प्रहरी हवल्दार र प्रहरी सहायक हवल्दार पदका लागि:-
(१) प्रहरी नायब उपरीक्षक अध्यक्ष (२) प्रहरी निरीक्षक -सदस्य
(३) प्रहरी वरिष्ठ नायब निरीक्षक वा प्रहरी नायब निरीक्षक -सदस्य-सचिव
(२) बढुवा समितिमा रहेका प्रहरी पदाधिकारी वा निजामती कर्मचारीको नजिकको नातेदार बढुवाको लागि सम्भाव्य उम्मेदवार रहेछ र त्यस्तो उम्मेदवारको बढुवा सिफारिस गर्नु पर्ने भएमा प्रहरी पदाधिकारीको हकमा प्रहरी महानिरीक्षकले र निजामती कर्मचारीको हकमा मन्त्रालयको सचिवले त्यस्तो पदाधिकारीको सट्टा समान तहको अर्को पदाधिकारीलाई बढुवा समितिमा काम गर्ने गरीे तोक्नेछ ।
स्पष्टीकरणः यस उपनियमको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नाले बाबु, आमा, सौतेनी आमा, पति, पत्नी, छोरा, छोराबुहारी, छोरी, छोरीज्वाइँ, दाजु, भाउजू, भाइ, भाइबुहारी, दिदी, भिनाजु, बहिनी, बहिनीज्वाइँ, नाती, नातिनीबुहारी, नातिनी, नातिनीज्वाइँ, भान्जा, भान्जीबुहारी, भान्जी, भान्जीज्वाइँ, भतिजा, भतिजाबुहारी, भतिजी, भतिजी ज्वाइँ, सासू, ससुरा, देवर, देउरानी, नन्द, आमाजु, जेठाजु, जेठानी, जेठान, साला, साली सम्झनु पर्छ ।
(३) बढुवा समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीलाई बढुवाका लागि पहिला सिफारिस गर्नु पर्नेछ ।
(४) बढुवा समितिले बढुवाका लागि सिफारिस गरेको प्रहरी कर्मचारीको नामावली र निजले प्राप्त गरेको कुल प्राप्ताङ्क सहितको सिफारिस सूची सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गर्नु पर्नेछ ।
(५) ऐन र यस नियमावलीको अधीनमा रही वढुवा समितिले बढुवाको सिफारिस गर्ने प्रयोजनको लागि आवश्यक सिद्धान्त र कार्यविधि तय गरी लागू गर्न सक्नेछ ।